भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो ।

चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी ९बोक्सर०ले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको जानकारी दिनुभयो ।

अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उहाँले बताउनुभयो । यसैगरी, भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरीदका लागि अस्पताललाई रु २० लाख दिने घोषणा गरेको छ । कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन् ।

सङ्क्रमितको मृत्यु कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका दुईजना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का ५५ वर्षीया महिला र सोही नगरपालिका १८ का ४७ वर्षीय पुरुष रहेका छन् ।

महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । अक्सिजनको सहायतामा उपचार भइरहेकै अवस्थामा महिलाको मृत्यु भएको हो । यसैगरी, गत वैशाख १४ गते कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएका पुरुषको सघन उपचार कक्ष ९आइसियु०मा उपचारका क्रममा आज मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.