भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

महिला उद्योगीको गुनासो

महिला उद्योगीको गुनासो

रूपन्देही । राज्यले प्रदान गरेका अवसर र सहुलियत लिन धेरै झन्झट बेहोर्नु परेको गुनासो महिला उद्योगीले गरेका छन् । रुपन्देही उद्योग सङ्घले नेपाल राष्ट्र बैंकबाट महिलाको आर्थिक उत्थान एवं उद्यमशीलताका लागि गरिएका प्रयास विषयमा आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियाका वक्ताले मुलुकको समृद्धिका लागि महिला उद्यमशीलताको विकास गर्न आवश्यक रहेको बताएका हुन् ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले औद्योगिक विकासका लागि उद्यमशीलताको विकास हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सङ्घले सधैँ जागरण र सशक्तीकरणको भूमिका निभाउँदै आएको उहाँको भनाइ छ । अध्यक्ष पौडेलले उद्यम क्षेत्रमा लागेका र लाग्न चाहने महिलालाई राज्यले संरक्षणको नीति लिएर आर्थिक उत्थानका गतिविधिलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले उद्योगमा लाग्न चाहने महिलालाई पक्षपातपूर्ण व्यवहार गर्ने अवस्थाको अन्त्य गर्दै राष्ट्र बैंकले लक्षित गरेको कार्यक्रमलाई सहीरुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले बैंकबाट दिइने सुविधा र सहुलियत लिन महिलालाई निकै गाह्रो हुने गरेको बताउँदै प्रक्रिया सरलीकरण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, भैरहवा शाखा निर्देशक रञ्जना पौडेल पण्डितले बैंकले संस्थागतरुपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्ने र सामाजिक रुपले पिछडिएका समुदायलाई सहुलियत प्रदान गर्ने लक्ष्यसहित कार्यक्रमको सुरुआत गरेको बताउनुभयो । लक्षित वर्गलाई कूल कर्जामा पाँच प्रतिशत सहुलियत कर्जा अनिवार्य रहेको र त्यो ग्रामीण विकास बैंक, लद्युवित्तबाट पनि दिने प्रावधान रहेको हुँदा ती ठाउँमा पुग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घका पूर्वमहिला सचिव माया खनाल, पूर्वकार्यसमिति सदस्य रेनुका खरेल, महिला उद्यमी समितिकी सहसंयोजक शारदा शर्मा, महिला उद्यमी सावित्रा रेग्मी, मञ्जु भुसाल, जमुना सुवेदी लगायतले महिलाले पाउनुपर्ने सहुलियत र सहयोग पाउन नसकेको गुनासो गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.