भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

महिला टी–२० विश्वकप छनोटः सेमिफाइनलमा नेपाल र थाइल्याण्ड भिड्दै

महिला टी–२० विश्वकप छनोटः सेमिफाइनलमा नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्ड खेलिरहेका छन् । मलेसियामा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि थाइल्याण्डले ब्याटिङ गरिरहेको छ ।

समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेलेका हुन् ।

नेपाल आजको खेलमा जित निकाल्दै महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा पहिलो पटक स्थान बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । तर सन् २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाइल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.