महिलालाई दुर्व्यवहार गरेपछि ३ जना मिलेर कल्याण साहुको हत्या गरेको प्रहरीको निष्कर्ष

महिलालाई दुर्व्यवहार गरेपछि ३ जना मिलेर कल्याण साहुको हत्या गरेको प्रहरीको निष्कर्ष

भक्तपुर । गत जेठ २९ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेमा मृत भटिएका ५२ वर्षीय कल्याण साहुको हत्या भएको नेपाल प्रहरी निष्कर्ष निकालेको छ । बोडेका स्थानीयबासी रहेका साहको शव तीन दोबाटोस्थित लर्डबुद्ध स्कुल अगाडि दिल कुमार श्रेष्ठको जग्गामा निर्माणाधिन टहरामा मृत भेटिएका भेटिएका थिए ।

भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेका अनुसार जेठ २८ गते राति करिब १० बजे साहु घरबाट निस्किएको र लगभग पौने ११ बजेतिर बोडेको एउटा पार्टीमा बस्ने २९ वर्षीय जमुना तामाङलाई दुरव्यवहार गरेको अनुसन्धानबाट खुलेको बताए ।

पार्टीमा एक्लै भएको अवस्थामा निज साहुले दुरव्यवहार गरेपछि जमुना चिच्याए पछि उनका श्रीमान् रमेश विश्वकर्मा शौचालयबाट फर्किए । केहीबेर साहु र विश्वकर्माबीच झगडा भयो । हत्या भएको दिन दाङको घोराही घर भएर चाँगुनारायण नगरपालिका–२ दुवाकोट एरियामा पाटीमा बस्ने ४४ वर्षका गोविन्द खड्का पनि संगै थिए । जमुना, रमेश र गोबिन्द खड्का मिलेर चिर्पटले हिर्काएर कल्याणको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डे बताए ।

जेठ २९ गते निज साहुको शव भेटिनासाथ प्रहरी वृत्त थिमीका डिएसपी हरिनन्दन चौधरी नेतृत्वको टोलीले तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान गरेको थियो ।

हत्या आरोपमा निज तिनै जनालाई पक्राउ गरेर थप अनुन्धान गरिरहेको प्रवक्ता पाण्डेले बताए ।

याे पनि पढ्नुहाेस्..

भक्तपुरकाे बाेडेमा पुरूषकाे शव भेटियाे, हत्या गरिएको आशंकामा केही पक्राउ

Mohotsav


Thali Mobile Pvt.Ltd.