भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्न आग्रह

माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्न आग्रह

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको संस्थागत विद्यालयका प्रधानाध्यापकको बैठकले माघ १ गतेदेखि कक्षाहरु सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख प्रजापतिले गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नखुल्दा विद्यार्थीको शैक्षिक भविष्य नै अन्योलमा रहेको अवगत गराउँदै विद्यालय सञ्चालन सबैको साझा सरोकारको विषय भएको बताए ।

भक्तपुर नगरपालिकाले सम्बन्धित सरोकारवालासंग चरणबद्ध छलफलपश्चात २०७७ माघ १ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णयमा पुगेको हो । बाध्यकारी होइन विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विद्यालयहरुले निर्णय गर्न सक्छन् । नगरपालिकाले सहज बनाइदिएको जनाएको छ ।

आवश्यक सचेतता अपनाई विद्यालय सञ्चालन गर्नु आजको आवश्यकता भएको र कतिपय सामुदायिक विद्यालयका विद्यार्थीमा अनलाइन कक्षाको पहुँच नभएको हुँदा भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १, २ र ३ मा वर्क सिट वितरण गरेको छ ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, विद्यालयका प्रधानाध्यापकरु,लगायतले विद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको र सोको लागि अभिभावकसँग छलफल गरेको, शैक्षिक सत्र सुरु ढिलाई हुँदा विद्यार्थीको विवरण भर्ने विषयमा अन्योल देखिएको, स्थानीय पाठ्यक्रम अगाडि बढाउन सन्दर्भ सामाग्रीको अभाव भएकोलगायतका राय—सुझाव प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.