भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मानन्धर हत्यामा संलग्न दुई पक्राउ

मानन्धर हत्यामा संलग्न दुई पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । विसं २०७२ असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगञ्जका हरि वली र विवाद पाठकलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ ।

नेपालगञ्ज १२ सुर्खेतरोडमा नेपालगञ्ज उपमहानगरपालिका –८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनाका अभियुक्त नेपालगञ्ज –१८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो । त्यसलगत्तै उनीहरु फरार थिए । रासस

 


Thali Mobile Pvt.Ltd.