भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र, उपप्रमुखमा आश्रचन निर्वाचित

मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र, उपप्रमुखमा आश्रचन निर्वाचित

ओखलढुङ्गा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनुभएको छ । अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको हो ।अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई एक हजार २०६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । रुम्दाली पाँच हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उहाँका निटतम प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले तीन हजार ८१५ मत ल्याउनुभएको छ । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मत अन्तरले पराजित गर्दै राई चार हजार ७५० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।

यहाँका नौमध्ये सातमा कांग्रेस र दुई वडामा एमालेले जितेको छ । कांग्रेसबाट वडा नं।१ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, वडा नं।७ मा विष्णुप्रसाद गौतम, वडा नं। ८ मा भिम बलाम्पाकी मगरले जित्नुभएको छ ।नेकपा एमालेबाट वडा नं।९ मा पूर्णबहादुर मगर र ३ मा जितेन्द्र राईले जित्नुभएको छ । विसं। २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित सात वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.