भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र, उपप्रमुखमा आश्रचन निर्वाचित

मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र, उपप्रमुखमा आश्रचन निर्वाचित

ओखलढुङ्गा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनुभएको छ । अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको हो ।अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई एक हजार २०६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । रुम्दाली पाँच हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उहाँका निटतम प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले तीन हजार ८१५ मत ल्याउनुभएको छ । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मत अन्तरले पराजित गर्दै राई चार हजार ७५० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।

यहाँका नौमध्ये सातमा कांग्रेस र दुई वडामा एमालेले जितेको छ । कांग्रेसबाट वडा नं।१ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, वडा नं।७ मा विष्णुप्रसाद गौतम, वडा नं। ८ मा भिम बलाम्पाकी मगरले जित्नुभएको छ ।नेकपा एमालेबाट वडा नं।९ मा पूर्णबहादुर मगर र ३ मा जितेन्द्र राईले जित्नुभएको छ । विसं। २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित सात वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.