भर्खरै : Sorry, your browser does not support inline SVG.

मान्यजनबाट टीका र जमरा लगाइ विजयादशमी पर्व धुमधामकासाथ मनाइँदै

मान्यजनबाट टीका र जमरा लगाइ विजयादशमी पर्व धुमधामकासाथ मनाइँदै

काठमाडौं । आज विजया दशमी पर्व मान्यजनबाट टीका र जमरा लगाइ धुमधामकासाथ मनाइँदै छ । टीका लगाउने उत्तम साइत १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । देवी विसर्जन नगरी टीका लगाउन नहुने उनको भनाइ छ ।

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताएका छन् ।

पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।

 


Thali Mobile Pvt.Ltd.