भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदमाथि बम हमला

मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदमाथि बम हमला

काठमाडौँ । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदमाथि बम हमला भएकाे छ ।  राजधानी मालेमा भएको विष्फोटमा  उनी घाइते भएका छन्।  संसद्‌काे बहालवाला सभामुख  रहेका नाशिदमाथि हमला भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा उनी चढेको कार नजिकै विष्फोट भएको थियो। मालदिभ्स प्रहरीले ट्विटमार्फत घटनाबारे जानकारी दिँदै घाइते भएका नाशिदको एक अस्पतालमा उपचार भइरहेको जनाएको छ।अस्पतालका अनुसार मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको छ तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। उनका समर्थकहरु अस्पतालबाहिर भेला भएका छन्।

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्वीटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.