भर्खरै : Sorry, your browser does not support inline SVG.
विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह |

मालपोत कार्यालय आइतबारदेखि सञ्चालनमा

मालपोत कार्यालय आइतबारदेखि सञ्चालनमा

कर्णाली, । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए । कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।

मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका, मङ्गलबार–बुधबार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीबार शुक्रबार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ । गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.