मिलमा सल बेरिदा एक महिलाको मृत्यु

मिलमा सल बेरिदा एक महिलाको मृत्यु

अछाम । चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिएर मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उनको मृत्यु भएको श्रीमान् शङ्करमानले बताए। अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.