भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुग्लिन–नारायणगढ सडक खण्ड खुले पनि यात्रामा सावधानी अपनाउन आग्रह

मुग्लिन–नारायणगढ सडक खण्ड खुले पनि यात्रामा सावधानी अपनाउन आग्रह

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । गएराति दुई बजेदेखि बन्द भएको सडक बिहान मात्रै खुलेको हो । आइतबार दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित रहेको छ । पहिरोसँगै खसेको ढुंगाले लागेर सडक छेउमा पल्टिएको ट्रक हटाएपछि बाटो खुलेको छ ।

अहिले दुईतर्फी नै सडक खुलाइएको छ । यो सडक खण्ड बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । फेरि पनि पहिरोको जोखिम उच्च रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ ।

 


Thali Mobile Pvt.Ltd.