भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध

मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध

काठमाडौं । पछिलो समयमा भारतमा कोरोना भाइसरको प्रकोप बढ्दै गएको छ । त्यस्तै भारतको नयाँ दिल्ली र महाराष्ट्रको मुम्बइको तथ्याकंले पछिल्ला केही हप्तामा संक्रमण क्रमिकरुपले बढ्दै गइरहेको छ ।

कोरोना संक्रमणको क्रमिक बृद्धिसंगसगै महाराष्ट्र सरकारले भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बइमा सार्वजनिक स्थल तथा विभिन्न ठाउँहरुमा गरिने कार्यक्रमहरुमाथि प्रतिबन्ध लगाएको छ । नयाँ वर्षको अवरसरमा मुम्बइमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका कारण झन संक्रमण बढ्ने आशंका गरेकाले सो स्थलहरुमा जमघट हुने र कार्यक्रम गर्ने काममा प्रतिबन्ध लगाएको मुम्बइ सरकारले जनाएको छ । यधपी, « सरकारले रातिमा कफ्र्यु नलगाइने बताएको छ ।

यता हप्तापिच्छेको कोरोना रिपोट हेर्दा सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको छ । गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित थिए भने हिजोआज कम्तीमा दुई हजार जना सङ्क्रमित भेटिएको सरकारको तथ्याङ्क रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.