भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

मुसलमान समुदायका नागरिकले मङ्गलबार इदुलफित्र मनाउँदै

मुसलमान समुदायका नागरिकले मङ्गलबार इदुलफित्र मनाउँदै

विराटनगर । धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गख रासस लबार मनाइँदैछ ।इदगाहमा गएर सामूहिक नमाज प्रार्थना गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक बधाई तथा शुभकामना साटासाट गर्ने गर्दछन् ।गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् । रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना मुस्लिम समुदायका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने जानकारी दिनुभयो ।शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारिपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्ने काम गर्वका साथ गर्ने गर्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन ।यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ ।

 


Thali Mobile Pvt.Ltd.