भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मूल्यवृद्धि फिर्ता लिन माग

मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा बृद्धि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष बलराम बास्कोटाले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनताको महँगीको मारमा पर्नुका साथै दैनिक जीवनमा नकारात्मक असर पार्ने बताउनुभएको छ ।

उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले बहुसङ्ख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउनसमेत धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हुन आग्रह गरिएको विज्ञप्तिमा सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कम गर्न तथा तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्तालिई आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन माग गरिएको छ ।

महँगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रतिलिटर रु ६३, खाना पकाउने ग्यासमा रु ३२७, तथा अन्य वस्तुमा ठूलो मात्रामा कर उठाएकाले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुन विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।कोरोनाले थलिएका जनता मुद्रास्फिति, चर्को ब्याजदार, खानेतेललगायत खाद्य वस्तुको चरम मूल्यवृद्धि, तरलता अभावका कारण लगानीका क्षेत्र सङ्कुचन हुँदै जानु, उत्पादनमा ह्रास आदिका कारण आर्थिक सङ्कट उत्पन्न भएको उल्लेख गरिएको विज्ञप्तिमा जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.