भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

मूल्यवृद्धि फिर्ता लिन माग

मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा बृद्धि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष बलराम बास्कोटाले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनताको महँगीको मारमा पर्नुका साथै दैनिक जीवनमा नकारात्मक असर पार्ने बताउनुभएको छ ।

उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले बहुसङ्ख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउनसमेत धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हुन आग्रह गरिएको विज्ञप्तिमा सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कम गर्न तथा तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्तालिई आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन माग गरिएको छ ।

महँगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रतिलिटर रु ६३, खाना पकाउने ग्यासमा रु ३२७, तथा अन्य वस्तुमा ठूलो मात्रामा कर उठाएकाले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुन विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।कोरोनाले थलिएका जनता मुद्रास्फिति, चर्को ब्याजदार, खानेतेललगायत खाद्य वस्तुको चरम मूल्यवृद्धि, तरलता अभावका कारण लगानीका क्षेत्र सङ्कुचन हुँदै जानु, उत्पादनमा ह्रास आदिका कारण आर्थिक सङ्कट उत्पन्न भएको उल्लेख गरिएको विज्ञप्तिमा जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.