भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा, उपचारका लागि अस्पताल भर्ना

मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा, उपचारका लागि अस्पताल भर्ना

चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

आज दिउँसो ललितपुरको जावलाखेलमा गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

उनी सवार गाडी जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए ।

टाउकोको सिटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.