भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा, उपचारका लागि अस्पताल भर्ना

मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा, उपचारका लागि अस्पताल भर्ना

चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

आज दिउँसो ललितपुरको जावलाखेलमा गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

उनी सवार गाडी जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए ।

टाउकोको सिटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.