चौतारा । हेरेक वर्षायाममा सिन्धुपाल्चोकमा मानिसहरुले मृत्यु वरण गर्नु यिती नै बनेको छ । मङ्गलबार रातिमेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जना शव विहिबार फेला परेको हो । सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएको र अझै १७ जना हराइरहेको जिल्ला प्रशसन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सम्पर्कविहीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उद्धार गरेको छ ।
बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भारतीय र दुई जना चिनियाँ नागरिक घाइते भएका छन । घाइतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बेस क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन । मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
