भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

मेस्सीको ६ सय ५० गोल

मेस्सीको ६ सय ५० गोल

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो । खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकबाट गोल गरे । योसंगै मेस्सी बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा गरे । खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो ।

खेलको ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । जितसंगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलमा ४० अंक जोडेको छ । बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.