भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले बन्द प्रशिक्षण आजबाट सुरु गर्दै

टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले बन्द प्रशिक्षण आजबाट सुरु गर्दै

काठमाडौं । टी–ट्वान्टी क्रिकेट सिरिजमा कतारविरुद्धका लागि नेपालले बन्द प्रशिक्षण आजबाट सुरु गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि सोमबारबाट प्रशिक्षण गर्न लागेको हो ।

कतारसँगको तीन खेलको सिरिजका लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बोलाएको टिममा विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी, शाहब आलम रहेका छन भने कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन् ।

क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई बन्द प्रशिक्षण लागि बोलाएको छ ।

अलराउण्डर विवेक यादव पहिलो पटक टिमको प्रशिक्षणमा परेका छन् । यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् ।

नेपाल र कतारबीचको बाइल्याट्रल टी(ट्वान्टी सिरिज अन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ ।

 

 


Thali Mobile Pvt.Ltd.