भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले बन्द प्रशिक्षण आजबाट सुरु गर्दै

टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले बन्द प्रशिक्षण आजबाट सुरु गर्दै

काठमाडौं । टी–ट्वान्टी क्रिकेट सिरिजमा कतारविरुद्धका लागि नेपालले बन्द प्रशिक्षण आजबाट सुरु गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि सोमबारबाट प्रशिक्षण गर्न लागेको हो ।

कतारसँगको तीन खेलको सिरिजका लागि क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बोलाएको टिममा विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी, शाहब आलम रहेका छन भने कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन् ।

क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई बन्द प्रशिक्षण लागि बोलाएको छ ।

अलराउण्डर विवेक यादव पहिलो पटक टिमको प्रशिक्षणमा परेका छन् । यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् ।

नेपाल र कतारबीचको बाइल्याट्रल टी(ट्वान्टी सिरिज अन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ ।

 

 


Thali Mobile Pvt.Ltd.