भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बनियानी, । झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कल्भर्टमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नं को मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरेको थियो । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.