भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

म्यानमारका ३० लाख मानिसलाई “जीवन जोगाउने” सहयोगको आवश्यकताः राष्ट्रसंघ

म्यानमारका ३० लाख मानिसलाई “जीवन जोगाउने” सहयोगको आवश्यकताः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा सैनिक शासन लागूभएपछि मानवीय संकट थप फैलिएको जनाएका छन् । राष्ट्रसंघको मानवीय सहायतासम्वन्धी प्रमुख मार्टीन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती शासन लागू गर्ने, द्धन्द्ध बढ्दै जाने र आर्थिक संकट बढ्ने गरेकाले मानवीय सहायताको आवश्यकता पनि बढेको उल्लेख गर्नुभयो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक नेतृत्वले चर्चित नेतृ आङ साङ् सुकीसहित तत्कालिन सरकार र राजनीतिक दलका अगुवाहरुलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको थियो । शान्तिपूर्ण निकासको प्रयास नभएको र अन्त्यहिन द्धन्द्ध भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको उहाँले बताउनुभयो । मानवीय सहायत प्रमुख मार्टीनले म्यानमारका मर्कामा परेका जनतालाई तत्काल सहयोग उपलब्ध गराउन सवैलाई आह्वान गर्नु भएको छ ।

निर्वाचनको नतिजाप्रति असन्तुष्ट रहेको सेनाले फेरि निर्वाचन गराउन भन्दै सत्ता कब्जा गरेर संकटकाल समेत घोषणा गरेको थियो । गत सोमबार म्यानमारमा निर्वाचन भएको एक वर्ष पूरा भएको छ । सो निर्वाचनलाई अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रिय निर्वाचन आयोग र निर्वाचन अधिकारीहरुले समेत निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित भएको जनाएका थिए । तर म्यानमारको सेनाले भने निर्वाचनमा धाँधली भएको दाबी गर्दै निर्वाचन आयोग समक्ष उजुरी समेत गरेको थियो ।

तर आयोगले सेनाको दाबी आधारहिन भएको जवाफ दिएको थियो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजरिकले पनि स्वदेशी तथा विदेशी पर्यवेक्षकहरुले समेत निश्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन भएको बताएकाले सेनाको आरोप गलत भएको उल्लेख गर्नुभयो । सेनाले निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सत्ता कब्जा गरेपछि म्यानमारसँग अन्तर्राष्ट्रिय सम्वन्ध पनि विग्रिएको छ । कतिपय अन्तर्राष्ट्रिय दाताहरुले आफ्नो सहयोग रोक्का गरेका छन् । त्यसैले पनि थप मानवीय संकट उत्पन्न भएको राष्ट्रसंघको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.