भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

यस वर्षको चन्द्र ग्रहण नेपालबाट नदेखिने

यस वर्षको चन्द्र ग्रहण नेपालबाट नदेखिने

काठमाण्डौ । यस वर्षको चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्षको पहिलो चन्द्रग्रहण शुक्रबार लाग्ने भए पनि नेपालबाट नदेखिने भएको हो । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । यसैलाई नै चन्द्र ग्रहण भनिने खगोलविद्ले बताएका छन् ।

समितिका अनुसार चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात् पृथ्वीको छायाँको कालो भाग देख्न नसकिने, समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.