भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

यस्तो छ प्रचण्ड–माधव पक्षको चौथो चरणको आन्दोलन

यस्तो छ प्रचण्ड–माधव पक्षको चौथो चरणको आन्दोलन

काठमाडौं । आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन मार्फत फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने, फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने, ७ गते सबै वडामा विरोध कार्यक्रम गर्ने, १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने, ८ गते काठमाडौंमा बृहत अन्तर्क्रिया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

१० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन, १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा ¥याली प्रदर्शन गरिने, चितवन, दाङ, जनकपुर र नेपालगञ्जमा सभा गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ । चितवनमा १२ र दाङमा २१ गते सभा गरिने र जनकपुर तथा नेपालगञ्जको कार्यक्रमबारे पछि जानकारी गराईने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.