भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

यातायात व्यवस्था सुधारमा हामी हेरेर बस्दैनौंः मन्त्री श्रेष्ठ

यातायात व्यवस्था सुधारमा हामी हेरेर बस्दैनौंः मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयको अनुुगमन गरेका छन् । मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका हुन् ।

मन्त्री श्रेष्ठले यातायात क्षेत्रमा भइरहेको चरम लापरबाहीमा सुधार ल्याउनका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउन प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन आफु मुखदर्शक भएर मात्रै नबस्ने बताए ।

समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउँने बताए ।

 


Thali Mobile Pvt.Ltd.