भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

युक्रेनी ड्रोन आक्रमणबाट रुसको सुपरसोनिक बमवर्षक विमान ध्वस्त

युक्रेनी ड्रोन आक्रमणबाट रुसको सुपरसोनिक बमवर्षक विमान ध्वस्त

एजेन्सीँ । रुसको लामो दूरीको सुपरसोनिक बमवर्षक विमान युक्रेनी ड्रोन आक्रमणबाट ध्वस्त भएको छ। टुपोलेभ टीयू–२२ विमानमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा आगो लागेको देखिएको छ ।

अहिले शेरेमेत्येभो र डोमोडेडोभोका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आएका छन् । सोल्ट्सी–२ युक्रेनको सीमाबाट झण्डै ६ सय ५० किलोमिटर टाढा छ । रुसी सञ्चारमाध्यमले आक्रमण भएको जानकारी दिए पनि कुनै क्षति नभएको जनाएका बीबीसीले उल्लेख गरेको छ।

ध्वस्त पारिएको रुसी टीयू–२२ बमवर्षक विमान ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो । रुसले यो विमान युक्रेनका सहरमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको आरोप छ । यो घटनामा कुनै हताहती नभएको तर केही समय मस्कोका तीन ठूला विमानस्थलमा उडानहरू स्थगित गरिएका थिए।

 


Thali Mobile Pvt.Ltd.