भर्खरै : Sorry, your browser does not support inline SVG.
संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम |

युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको आरोप, आफ्नो घर खोज्न फर्किए गाजावासी

युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको आरोप, आफ्नो घर खोज्न फर्किए गाजावासी

एजेन्सी । गाजाका केही बासिन्दा आफ्नो घर फर्केका छन् । इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा उनीहरु आफ्नो घर गाजा फर्किएका हुन । इजरायलविरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलापछि दुई पक्षहरूले गत हप्ता चार दिनका लागि युद्धविराम गरेका थिए ।

इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ । इजरायलले हमासको आक्रमणमा करिव १२ सय व्यक्तिको मृत्यु भएको र २ सयभन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ ।

गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामानहरू संकलन गर्ने प्रयास गरिरहेका छन् । युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भएपनि युद्ध शुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.