भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

योग परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड

योग परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड

काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमा अर्थमन्त्रीसमेत रहनुभएका उहाँले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताए । पछिल्लो समय योगको महत्व विश्वव्यापी रुपमा स्थापित हुनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको पौडेलको भनाइ थियो ।

योगलाई विश्वस्तरमा स्थापित गर्न स्वामी रामदेव र आचार्य बालकृष्णले गर्नुभएको योगदानको उहाँले प्रशंसा गर्नुभयो । कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले अन्तर्राष्ट्रिय योग प्रोटोकलको अभ्यास गराउनुभएको थियो । कार्यक्रममा जुम प्रविधिबाट योग अभ्याससमेत गराइएको थियो । योगबाट समस्त मानवजातिलाई लाभान्वित तुल्याउँदै आयुर्वेदको उपयोगितालाई अझ विस्तारित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.