भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह |

रणनैतिक महत्वको रानीकोट गढी दरबार पर्यटनको भण्डार होः बके

रणनैतिक महत्वको रानीकोट गढी दरबार पर्यटनको भण्डार होः बके

भक्तपुर जिल्लाको दक्षिण भेगमा अवस्थित एक सुन्दर पहाड हरियाली जंगलले घेरेको छ । सूर्यविनायक नगरपालिकाकै उच्च भाग हो रानीकोट गढी दरबार क्षेत्र । जहाँबाट उपत्यकाको सम्पूर्ण भू–भाग देख्न सकिन्छ । भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाको संगम क्षेत्रका रुपमा रहेको रानीकोटमा लिच्छवी र मल्लकालिन संरचनाका भग्नावशेषहरु अहिलेपनि अवशेषका रुपमा रहेका छन् ।

उपत्यकाकै अति सुन्दर पर्यटकीय ठाउँ भएकाले पनि होला भूपतिन्द्र मल्लले रानीलाई खुसी पार्न प्रेमभावले यही ठाउँ रोजेको हुनाले रानीकोट गढी दरबार चर्चाको विषय बनेको हो । पछि कालखण्डमा एउटा दरबारनै बनाएर रानीलाई राखेको ऐतिहासिकताका आधारमा रानीकोट गडी दरबार नाम रहन गएको तथ्य जीवित छ ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो ठाउँ उपत्यकाको मनोरम दृश्यावलोकन गर्न र यहाँबाट उच्च हिम शिखरहरु १८०ं मा देखिने भएकाले यहाँका सुन्दर दृश्यले मन भरिपूर्ण बन्दछ । नेपालको उत्तरतर्फ रहेका हिमालय श्रृृंखलाहरूको मनमोहक दृश्यले सबैको मन लोभ्याउने गर्दछ । त्यही भएरपनि होला उहिले राजा रानीहरुले यस ठाउँलाई आराम गर्ने थलोका रुपमा प्रयोग गरेका होलान् ।

रानीकोट गढी दरबार क्षेत्र पर्यटकीय स्थल मात्रै होइन, यसको विकास र प्रवद्र्धन गर्न सके नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । पुरातत्व विभागले यस क्षेत्रको मल्लकालीन रानीकोट गढी दरबारको अन्वेषण तथा प्रारम्भिक उत्खनन् गरिसकेकाले यसको ऐतिहासिकता भित्र लुकेको रहस्य अझै उजागर हुन बाँकी छ ।

पछिल्लो समय यहाँ आउँने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढिरहेकाले स्थानीयबासी र स्थानीय सरकारको पनि ध्यान जान जरुरी छ । अपनत्व लिएर यसको थप विकासमा टेवा पु¥याउन भने समस्या बनेको छ । ललितपुरको लाकुरी भञ्ज्याङ र काभ्रेको पनौती, कुसादेवी, ¥यालेबाट यहाँ पुग्ने छोटो दुरीको बाटो छ ।

यहाँ चारैतीरबाट पर्यटक आउन सक्छन् । यहाँको सुन्दर दृश्यसंग लुकामारी खेल्न चाहने हरुका लागि सूर्यविनायक चोक देखि गणेश मन्दिर, घ्याम्पे डाँडा, पाइलटबाबा आश्रम हुँदै रानीकोट सहजै पुग्न सकिन्छ । त्यस्तै जगाती हुँदै डोलेश्वर महादेव मन्दिर र काभ्रेको साँगा हुँदै आशापुरी महादेव मन्दिरबाट नैचाल हुँदै रानीकोट पुग्न सकिन्छ ।

भक्तपुरकै दधिकोटस्थित अनन्तलिंगेश्वर महादेव मन्दिर भएर पनि यहाँ पुग्ने सहज बाटो छ । त्यसैले पछिल्लो समय पदयात्रा गर्न रुचाउनेहरूको आकर्षक गन्तव्य नै बनेको छ रानीकोट गढी दरबार क्षेत्र । भक्तपुरका तत्कालिन राजा÷रानी गर्मी छल्न यहाँ दरवार नै बनाएकाले यस्को थप रहस्यको खोजीनीति हुन जरुरी छ । यहाँ आउँने पर्यटकले बस्न र खानको चिन्ता मान्नु पर्दैन । यहाँ स्टार लेभलका रिर्सोटहरु पनि संचालनमा छन् ।

इतिहासको गर्भ भित्र लुकेको ठाँउलाई थप उजागर गर्न चाहनेहरुका लागि भिलेज हाईल्याण्ड रिसोर्ट अग्रसर भएर लागिपरेको छ । नेपाल पर्यटनको गन्तब्यका रुपमा विकास गर्न यस होटलका ओनर आफैपनि पर्यटन व्यवसायी भएकाले रानीकोटमा पर्यटन कसरी भित्राउन सकिन्छ भन्नेमा चिन्तित छन् । नेपालमा घुम्नैपर्ने स्थान मध्येको एउटा स्थान हो रानीकोट ।

रानीलाई सबैभन्दा मन पर्ने ठाँउ भएकाले ग्रीष्मकालीन दरबार नै बनाएर बस्नुले पनि यसको धेरै व्याख्या जरुरी छैन । बसन्त ऋतुमा वन भरि फूलेका फूल र चराको चिर्विर चिर्विर आवाजले पर्यटकलाई मन्त्रमुग्ध पारिदिन्छ । हाइकिङ्ग गर्दै चराचुरुङ्गी र जंगली जनावरसंग रमाउँदै यात्रा गर्न सकिन्छ ।

दरवारमा आएका पाहुनाहरुलाई जंगल सफारी, घोडा सफारीबाट मनोरञ्जन प्रदान गर्ने ठाँउका रुपमा रहेको रानीकोटलाई चिनेर स्थानीय सरकारले पनि यसको थप विकास गर्न जरुरी रहेको छ । स्वदेशी र विदेशीले औधि मन पराएको रानीकोटलाई हामीले प्रेमको प्रतिकका रुपमा पनि विकास गर्न जरुरी देखिन्छ । रानीको सम्झनामा बनाएको पाल्पास्थित कालीगण्डकी नदीकाे किनारामा रहेकाे रानीमहल जस्तै भक्तपुरकाे रानीकाेट पनि  प्रेमकाे प्रतिककाे रूपमा रहेकाे छ । आज पनि यस ठाउँमा प्रेमी जोडीहरू रम्न र रमाउँन प्राकृतिक वातावरणमा हराउने गर्दछन् ।

भक्तपुरको यो क्षेत्र रानीलाई  अत्ति मनपरेकाले यहाँ रानीकोट गडि दरबार बनाएको हुनुपर्छ । यो ठाँउ प्राकृतिक छटाले भरिपुर्ण भएकाले यहाँ घुम्न आउँनेहरुको मन मस्तिष्कमा रानीकोट भ्रमण एक अविष्मरणीय छाप छोड्न पुग्दछ । यसकाे महत्वलाइ अझ सबैकहाँ पुर्‍याउन भिलेज हाईल्याण्ड रिसोर्टले महत्वपूर्ण र यस क्षेत्रको विकासमा थप टेवा पुर्‍याउदै आएको छ ।

रणनैतिक महत्वको ठाउँ
यो ठाँउ रणनैतिक हिसाबले महत्वपुर्ण छ । उपत्यकाबाट बाहिर जाने मूलबाटो अर्थात मुख्य नाका पनि हो । जुनबेला काठमाडौंमा स–साना राज्य हुँदा भक्तपुरबाट ब्यापारिक नाकाको रुपमा थियो । तराई जोड्ने एक महत्वपुर्ण मार्ग पनि थियो । यति मात्रै यसको सिमीतता छैन यो धार्मिक क्षेत्र पनि हो । प्राकृतिक रुपमै बाघ आकारको ठूलो ढुंगा छ । जसलाई बाघ भैरव भनिन्छ । रानीकोट एक धार्मिक संगमस्थल पनि हो । किनकी यस क्षेत्रमा रहेको बाघ भैरव मन्दिरमा विभिन्न धर्मालम्बीहरुले बैशाख पुर्णिमा र मंसिर पुर्णिममा सामुहिक पुजाआजा गर्दै आएका छन् । यसलाई स्थानीयले पुज्ने गर्दछन् । धार्मिक पर्यटनका रुपमा रहेको यो ठाँउलाई यसले थप आकर्षक बनाइदिएको छ ।

स्थानीयले यस ठाँउलाई धार्मीक पर्यटनसंग जोडेकाले स्थानीय सरकारले यसलाई थप जोड दिन जरुरी रहेको देखिन्छ । धार्मीक, प्राकृतिक, सांस्कृतिक महत्वलाई बुझेर रानीकोटलाई सिंगारेको खण्डमा राज्यले यसबाट फाइदा लिने निश्चित छ । वैशाख पूर्णिमा र मंसीर पूर्णिमामा यहाँ ठुलो मेला लाग्ने गर्दछ । गडीक्षेत्रबाट सुर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । आशापुरी महादेव र त्यस वरपरको घनाजंगलले जो कोही मोहीत पारिदिन्छ । सल्लाघारी अर्थात सल्लाका रुखहरु एकनासले उभिएको हुदा प्यागोडा शैलीको मन्दिर बनाए जस्तो देखिन्छ ।

रानीसल्लाले घेरिएकोले यसको सुसाहटले हामी सबै एकपटक प्रकृतिमा हराउँन सक्छौं । विभिन्न जातजातिका मानीसको वसोवास भएकाले यसको सास्कृतिक महत्व पनि रहेको छ । विभिन्न धर्म जातजातिको पूmलवारीका रुपमा रहेको रानीकोट क्षेत्रमा नेवार, तामाङ, बाहुन, क्षेत्रीको वाहुल्यत देखिन्छ ।

सांस्कृतिक पर्यटनको सम्भावनालाई उजागर गर्ने हो भने रानीकोटको अनेकाअनेक फाइदा छ । विशाल सम्पदाको बीचमा ऐतिहासिक्ता झल्किने भएकाले तालको बीचमा कमल फूलेसरि सबै मानिसलाई लोभ्याउँछ ।

हो त्यसै गरी अर्गानिक स्वाद दिन जे पाक्छ त्यही बिक्छ अभियानमा हातेमालो गरिरहेको होटेल भिलेज हाईल्याण्ड रिसोर्टमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटकलाई नेपाली स्वादमा रमाउन भूमिका खेलिरहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ ।

 


Thali Mobile Pvt.Ltd.