भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजधानी सार्ने इण्डोनेसिया सरकारको निर्णय

राजधानी सार्ने इण्डोनेसिया सरकारको निर्णय

काठमाडौं । इण्डोनेसियाको सरकारले राजधानी जाकार्ताबाट सार्ने निर्णय गरेको छ । कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउने सम्बन्धि विधेयक संसदले पारित गरेसंगै राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा पूर्वमा राजधानी सार्ने निर्णय गरेको हो । एक करोड मानिस बसोबास गर्दै आएको राजधानी जाकर्ता थामिनसक्नु भीड र प्रदुषणले अस्तब्यस्त बनेको भन्दै राष्ट्रपति जोको विदोदोको सरकारले दुई वर्ष अघि नै राजधानी सार्ने प्रस्ताव ल्याएको थियो ।

नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हुने जनाइएको छ । नयाँ राजधानी बनाउन साढे ३२ अर्ब डलर खर्च लाग्ने अनुमान पनि गरिएको छ । आलोचक र स्थानीय सरोकारवालाहरुले भने राजधानी बनेपछि कलिमन्थन प्रान्तको वातावरणीय तथा साँस्कृति क्षय हुने भन्दै राजधानी सार्ने निर्णयको आलोचना गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.