भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन् ।

विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै त्यस्ता अनियमितता गर्ने उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानको समस्या समाधान गर्न माग गरेका छन् । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको बेतिथिका विरुद्धमा विद्यार्थीको आन्दोलन चलिरहेकाले जायज मागलाई सम्बोधन गरी परीक्षा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरिएको जानकारी दिए।

यस्तै पाँच विद्यार्थी सङ्गठनले दार्चुलामा तुइन चुँडिएर युवा बेपत्ता भएको घटनाको सत्यतथ्य बाहिर ल्याउनसमेत प्रधानमन्त्रीसँग माग गरेका छन् । भेटमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारी का. अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैँटौँ का. अध्यक्ष विमल पोखरेललगायतको सहभागिता थियो ।

 


Thali Mobile Pvt.Ltd.