भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीतले नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको उल्लेख गर्दै भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको उपराष्ट्रपति पुन ःको सन्देशमा उल्लेख छ । सम्पूर्ण तामाङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना प्रधानमन्त्री देउवाले गरेका छन् ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेहका छन् ।

 


Thali Mobile Pvt.Ltd.