भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राष्ट्रपति उहुरु केन्याता अमेरिका भ्रमणमा जाँदै

राष्ट्रपति उहुरु केन्याता अमेरिका भ्रमणमा जाँदै

वासिङ्टन । केन्याका राष्ट्रपति उहुरु केन्याता अमेरिका भ्रमणमा जाने भएका छन् । उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिएका छन्।

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्धिपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताए। यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्धिपक्षीय हितका विषयमा उनीहरुले कुराकानी गर्ने बताइएको छ ।

त्यसैगरी उनीहरुका बीचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरु अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको प्रेस सेक्रेटरी पास्कीले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.