भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोन २७ प्रतिशतभन्दा बढी मतसहित अग्रपङ्क्तिमा

राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोन २७ प्रतिशतभन्दा बढी मतसहित अग्रपङ्क्तिमा

पेरिस, फ्रान्स । फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख गरिएको छ । म्याक्रोनसँग हाल २७.४१ प्रतिशत मत छ भने अति दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेन २४.०३ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

त्यसैगरी २१.५७ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो र ६.९७ प्रतिशतका साथ चौथो स्थानमा एरिक जेम्मोर छन् । फ्रान्समा अप्रिल २४ मा राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ । “म समाजवादीे एनी हिडाल्गो, कन्जरभेटिभ भ्यालेरी पेक्रेसे, र कम्युनिस्ट फाबियन र उसेललाई आज राती उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छु,“ उहाँले मतदानपछिको भाषणमा भन्न् भएको छ ।

 


Thali Mobile Pvt.Ltd.