भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रपति भण्डारीद्वारा श्रीराम मिथिला शिक्षालयको उद्घाटन

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयवासीलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

“अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यो प्राविधिक शिक्षालयले यहाँको शिक्षाको विकास महत्वपूर्ण भूमिका खेल्नेछ । शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन आवश्यक छ ।”

राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल गर्नुभएको हो । दुर्गम ठाउँका स्थानीयवासीमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलमा यहाँ रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको हो ।राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षणसमेत गर्नुभएको छ । जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिनुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.