भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

राष्ट्रसंघीय महासभा सुरु, नेपाली टोलीअलमलमा

राष्ट्रसंघीय महासभा सुरु, नेपाली टोलीअलमलमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभा सुरु भएको छ । मंगलबार राति न्युयोर्कमा सुरु भएको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

प्रतिनिधिमण्डलबारे गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएपनि कसको नेतृत्वमा को–को जाने भन्नेबारे अलमल भइरहेको छ । परराष्ट्र मन्त्री सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन नगर्दा अलमल भएको परराष्ट्रका अधिकारीको भनाइ छ ।

देउवाले महासभामा भाग लिन आफू नजाने प्रस्ट पारिसकेका छन् । महासभामा जानका लागि मन्त्रालयले गृहकार्य गरिरहेको परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन् तर को जाने हो उनीसंग पनि स्पष्ट जवाफ छैन ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की वा परराष्ट्र सचिवबाट मुख्यसचिव बनेका शंकरदास वैरागी वा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली पठाउने भित्री तयारी भएको स्रोतको दावी छ ।

स्रोतका अनुसार राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख अमृतकुमार राईले प्रतिनिधित्व गर्न सक्ने बताएको छ । १ सय ३० मुलुकको सहभागिता रहेको ‘ग्लोबल’ संस्था राष्ट्रसंघको महासभा मंगलबार सुरु भए पनि उच्चस्तरीय छलफल असोज ५ बाट हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.