भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

राष्ट्रिय योजना आयोग खारेज गर्दै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरौं : उपेन्द्र यादव

राष्ट्रिय योजना आयोग खारेज गर्दै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरौं : उपेन्द्र यादव

काठमाडौं । राष्ट्रिय योजना आयोग खारेज गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन्पर । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बुधवार प्रतिनिधि सभा बैठकमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गरेका हुन् ।

आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिएका ह्न । राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको उनको भनाई ाछ । ‘प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्ने जस्तो खोजिएको छ ।

यो भनेको संघीयताको मुल मर्म र भावना विपरित हो । प्रदेशहरु संघको साझदार हुन् इकाइ होइनन् । संघीय प्रणालीमा । यो कुरा हेर्दा यसले संघीयता विरोधी भाव बोक्ने काम गरेको छ । यादवले संघीयताको संरचना नै त्रुटीपूर्ण छ यसलाई सुधार गर्ने कि नगर्ने ? भन्दै उनले प्रश्न समेत गरे ।

अध्यक्ष यादवले नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाहरुले भरिपूर्ण भएको टिप्पणी गरे । नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन गर्नेगरी नआएको पनि बताउदै नीति तथा कार्यक्रले संघीयता विरोधी भाव बोकेको तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.