भर्खरै : Sorry, your browser does not support inline SVG.
‘कम्युनिजम विश्वयुद्धभन्दा ठूलो खतरा’ ट्रम्पको विवादास्पद अभिव्यक्ति | फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास |

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यसअघि बैंकले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा एसएलएफ प्रयोग गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.