भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुकुम पश्चिम हत्याकाण्ड : मानवताविरुद्धको अपराध ठहर

रुकुम पश्चिम हत्याकाण्ड : मानवताविरुद्धको अपराध ठहर

२० जेष्ठ २०७७ काठमाडाैं । संसदको कानून न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिममा भएको हत्याकाण्डकाे घटनालाई मानवताविरुद्धको अपराध ठहर गरेको छ ।

जेठ १० गते चौरजहारी नगरपालिकामा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकको हत्या भएको थियो । नवराजसहित ५ जनाको शव भेरी नदीमा बाँधेर फालेकाे अस्थामा भेटिएको थियो ।

Dalitएक जनाको अझै हराइरहेको छन् । लखेटी लखेटी हत्या गरिएकाे उक्त घटनामा १२ जना घाइते छन् । ती घाइतेकाे संसदीय समितिले निशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।घटनाकाे निष्पक्ष छानबिन गर्न कुनै राजनीतिक वा प्रभावमा नपरी अनुसन्धान गर्न पनि समितिले निर्देशन दिएको छ ।

श्रृङ्खलावद्ध रुपमा दलितमाथि भइरहेका आक्रमणलाई ख्याल गर्दै तत्काल यस खालका विभेदका विरुद्ध महाअभियान चलाउन पनि समितिले निर्देशन दिएको छ । प्रहरीभित्र दलित सेल स्थापना गरेर छुवाछुतविरुद्धको अभियान प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ ।

लकडाउनमा महिला हिंसा, बालबालिकामाथि हिंसा बलात्कार हिंसा यौनजन्य हिंसा बढिरहेकाले सबै प्रकारका पहलबाट राेक्न पनि समितिले निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.