भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

रूकुम हत्याकाण्ड : घटनाको गहिरो अध्यनमा छानबिन समिति

रूकुम हत्याकाण्ड : घटनाको गहिरो अध्यनमा छानबिन समिति

१७ जेठ २०७७, जाजरकोट । सोती हत्याकाण्डको गहिरो अध्यनमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम जारीराखेको छ । समितिले पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् ।

समितिले भेरी नगरपालिका–४ का सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर जाजरकोट रुकुम पठाएको छ ।

बिहीबारदेखि काम थालेको समितिले उक्त हत्याकाण्डका विषयमा अनुसन्धानात्मक कार्यलाइ अगाडि बढाएको पन्तको भनाई छ । जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक, गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै डोरीले बाँधेर भेरीनदीमा फालेको अवस्थामा फेला परिसकेको छ भने भेरी –११ का गोविन्द शाही अझै बेपत्ता रहेका छन् ।

शव खोज्न गोताखोर परिचालन गरिएको छ । दलित अधिकारकर्मी सङ्घ र सङ्गठन, मानवअधिकारलगायत विभिन्न संघ सस्था र राजनैतिक दलहरुले निष्पक्ष छानबिन गर्न माग गर्दै ज्ञापनपत्र समेत छानबिन समितिलाई बुझाएका छन् ।

अमानवीय रुपमा सोतीका मल्लको खोल ओढेर बसेका पशुहरुले निन्दनिय घटना घटाएको र उक्त हत्याकाण्डका नरपिचासलाई कडा भन्दा कडा सजायको माग गरिएको अधिकारकर्मीले गरेका छन् ।ज्ञापनपत्र बुझ्दै समितिले सरकारले दिएको कार्यादेश अनुसार काम हुने बताएको छ ।

तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत समितिले बताएको छ । शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको समितिले बताएको छ ।

समितिले जाजरकोट पछि रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमाको अध्यनमा लागेको प्रजिअ पन्तले बताए । समितिमा गृह मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ठ घिमिरे र उपसचिव माधव ढकाल रहेका छन् ।

जेठ १० गते चौरजहारी –८ सोतीमा भएको उक्त हत्याकाण्डमा नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न स्थानमा बाँधेर फालिएको अवस्थामा शव फेला परेको थियो भने गणेश शाहीको खोजी कार्य जारी रहेको छ । भेरी नगरपालिकाका नगरप्रमुख सिपी घर्तीले हत्यारालाई कारबाही गराएर पीडितलाई न्याय दिलाएरै छोड्ने बचनवद्धता व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.