देबराज पाध्याय/बाजुरा । नेपाल रेडक्रस सोसाइटी बाजुराले बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरेकाे छ । साउन २५ गते र भदौमा गौमुलबाट आएको बाढि र पहिरोमा परी समस्यामा परेका बडिमालिका नगरपालिका १३ घर परिवारलाई राहत साम्रगी बितरण गरेकाे हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरि पिडीतलाई राहत बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका कार्यक्रम संयोजक इस्वरा सुबेदीले बताएकी छन् ।बडिमालिका नगरपालिकाका १३ परिवारलाई प्रतिब्यक्ती रु ५ हजार नगद लगायत अन्य स्वास्थ्य साम्रगी सहयोग गरेको रेडक्रस सोसाईटी बाजुराका सभापती रमबहादुर शाहीले बताए ।
राहत साम्रगी बितरण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीको अध्यक्षतामा रापकमा सो साम्रगी बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उप प्रमुख सुनिता सुनार रहेकी थिइन । कार्यक्रमा अतिथिमा बडिममालिका नगरपालिकाकी उप प्रमुख कबिता बिष्ट रहेकी थिइन । पत्रकार महासघंंका सदस्य लक्ष्मीराज पाध्या लगायत रेडक्रस सोसाइटी बाजुराका पदाधिकारीको सहभागीता रहेको थियो ।
