भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

रोकिँदै यातायातका साधनमा हुने बदमासी

रोकिँदै यातायातका साधनमा हुने बदमासी

जाजरकोट । सवारीसाधन चोरी, निकासी गरेर चलाउनेदेखि चालक अनुमतिपत्र नभएकाको मनोमानी गर्ने कार्य बन्द गर्न प्रहरीले आक्रमक रणनीति लिएको छ । छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेखमा जाजरकोट भएर सवारीसाधन आवतजावत् गर्ने भएपछि बदमासी गरेर सुरक्षित हुने स्थान बनाउँदा प्रहरीले नियन्त्रण गर्न रणनीति बनाएको नायब प्रहरी उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

भेरी करिडोर भएर बाहिरी जिल्लाबाट सवारीसाधन चोरी निकासी गरेर जाजरकोट ल्याइ गाउँ–गाउँमा चलाउने क्रम बढेपछि प्रहरीले सो बदमासी नियन्त्रण गर्न अभियान चलाएको जिल्ला टा«फिक कार्यालयका प्रमुख लक्ष्मण विश्वकर्माले बताए । जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा कडा निगरानी बढाइएको विश्वकर्माले जानकारी दिए । मोटरसाइकलदेखि ठूला सवारीसाधनसम्म चोरी, पैठारी गरेर ल्याइ चलाइरहेको पाइएको उहाँले बताउनुभयो ।

बदमासी रोकेपछि राजस्व दोब्बर

जिल्ला ट्राफिक प्रहरी कार्यालयले अघिल्लो वर्षको तुलनामा गत आवमा दोब्बर राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउने, सवारी चालन अनुमतिपत्र नभएका, आवश्यक कागजात नबोकेका, जथाभावी सवारी पार्किङ गर्ने र तोकिएको भन्दा बढी भाडा लिनेलाई कारवाही गरी राजस्व सङ्कलन गरेको हो । प्रहरीले आव २०७६–७७ मा रु १८ लाख ६९ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले आव २०७७–७८ मा रु ४० लाख ४० हजार राजस्व सङ्कलन गरेको छ ।

राजस्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम सङ्कलन भएको बताइएको छ । “सवारी नियम उलङ्घन गर्नेमाथि कारवाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो”, टाफिक कार्यालयका प्रमुख विश्वकर्माले भन्नुभयो, “कार्यालयले गत आवमा चार हजार ७५० सवारी साधनलाई कारवाही गरेको छ ।”

 


Thali Mobile Pvt.Ltd.