भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

हुम्लाका ५७ जना विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखियो

हुम्लाका ५७ जना विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखियो

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको छ । नाम्खा गाउँपालिका–४ याल्वाङमा रहेको विद्यालयको छात्रावासमा बस्दै आएका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुसार सुरुमा एक विद्यार्थीमा देखिएको समस्या अरू विद्यार्थीमा सरेको छ ।

ती विद्यार्थीको अनुहार, शरीर र पाखुरामा फोका आएका छन् । उपचार र परीक्षणका लागि नमुना सङ्कलन गर्न स्वास्थ्यकर्मीको टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो । परीक्षणपछि रोगबारेमा आधिकारिक पुष्टि हुनेछ । सङक्रमण देखिएका विद्यार्थीलाई आइसोलेशनमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.