भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ

लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ

वाग्मती । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७–७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष सुराकीका आधारमा छापा हान्ने क्रममा प्रतिबन्धित लागुपदार्थ औषधसहित कारोवारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । पक्राउपर्ने माथि जिल्ला अदालतमा मुद्दा दायरसमेत गरिएको बताइएको छ । गाँजा र अफिम ओसारपसार गर्ने हेटौँडा, राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकाका युवा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउपर्नेमा पुरुष १४२ रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.