काठमाडौं । सन्दीप लामिछाने कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने सङ्क्रमित भएका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् ।
