भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

लिभरपुल र चेल्सी विजयी

लिभरपुल र चेल्सी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पछ्याइरहेको लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको हो । लिभरपुलका लागि भर्जिल भान डाइक, अक्सलेड चेम्बरलिन र फाबिन्होले एक एक गोल गरे । क्रिष्टल प्यालेसका इडुवार्डले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–० ले पाखा लगायो । चेल्सीको जितमा हकिम जियक र थियागो सिल्भाले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनललाई बर्न्लेले गोलरहित बराबरीमा रोक्दा लेष्टर सिटीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको छ । गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा २३ खेलबाट ५७ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थगानमा यथावत छ । २२ खेलबाट ४८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा २४ खेलबाट ४७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.