भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लैङ्गिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान

लैङ्गिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान

विराटनगर । लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । विराटनगरमा विभिन्न वडामा सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा आज छलफल गर्न आयोजित कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । विराटनगर महानगरपालिकाका कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा प्रभावितका लागि महानगरले लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको जानकारी दिनुभयो ।

उहाँले कोष सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइसकेको र महानगरका सबै वडामा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । युएनएफपीए, आइपास, एबिसी नेपालसँगको सहकार्यमा महानगरले विराटनगरका पाँचवटा वडामा लैङ्गिक हिंसाका क्षेत्रमा काम गर्दै आएको महानगरको महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमालले जानकारी दिनुभयो ।

युएनएफपीएकी कार्यक्रम संयोजक कृति थापाले प्रदेशमा मोरङ, उदयपुर र ओखलढुङ्गाका नौ स्थानीय तहमा काम गर्दै आएको बताउनुभयो । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, कोकनकी प्रमुख मञ्जिता उपाध्याय, आइपासका महेन्द्र महतो, महानगरका दुर्गाप्रसाद खतिवडा, स्वास्थ्य महाशाखा प्रमुख डा विशालकुमार देव, अधिवक्ता कोशराज न्यौपाने, कोसी अस्पतालकी कृति गुप्तालगायतले लैङ्गिक हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.