भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

लैङ्गिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान

लैङ्गिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान

विराटनगर । लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । विराटनगरमा विभिन्न वडामा सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा आज छलफल गर्न आयोजित कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । विराटनगर महानगरपालिकाका कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा प्रभावितका लागि महानगरले लैङ्गिक हिंसा निवारण कोष स्थापना गरेको जानकारी दिनुभयो ।

उहाँले कोष सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइसकेको र महानगरका सबै वडामा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । युएनएफपीए, आइपास, एबिसी नेपालसँगको सहकार्यमा महानगरले विराटनगरका पाँचवटा वडामा लैङ्गिक हिंसाका क्षेत्रमा काम गर्दै आएको महानगरको महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमालले जानकारी दिनुभयो ।

युएनएफपीएकी कार्यक्रम संयोजक कृति थापाले प्रदेशमा मोरङ, उदयपुर र ओखलढुङ्गाका नौ स्थानीय तहमा काम गर्दै आएको बताउनुभयो । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, कोकनकी प्रमुख मञ्जिता उपाध्याय, आइपासका महेन्द्र महतो, महानगरका दुर्गाप्रसाद खतिवडा, स्वास्थ्य महाशाखा प्रमुख डा विशालकुमार देव, अधिवक्ता कोशराज न्यौपाने, कोसी अस्पतालकी कृति गुप्तालगायतले लैङ्गिक हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.