भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

लोपोन्मुख प्रजातिका माछा बढ्दै

लोपोन्मुख प्रजातिका माछा बढ्दै

गोदावरी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछाको सङ्ख्या बढ्दै गएको छ । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको तिनको सङ्ख्या बढ्दै हो । जलाधार क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्न तीन वर्षअघिदेखि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले सो नदीमा जथाभावीरूपमा माछा मार्न बन्द गराएका थिए ।

कैलालीका चुरे र मोहन्याल तथा डोटीका जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षण गर्दै आएकाले विभिन्न माछाका प्रजाति बढ्दै गएको चुरे गाउँपालिका–३ का वडाध्यक्ष टेकबहादुर शाहले बताए । तीन वर्षअघिसम्म ती पालिका भएर बग्ने नदी तथा खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोग गरी माछा मार्ने गरिन्थ्यो तर अहिले त्यस्ता कार्यमा प्रतिबन्ध लगाइएकाले अहिले त्यहाँ माछाको सङ्या वृद्धि भएको पाइएको उहाँको भनाइ थियो ।

जलाधार क्षेत्रमा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये सहर, जेब्रा , बुचे असला, असला सोल, चुच्चे असला र राजाबाम रेथाने प्रजाति भएको चुुरे गाउँपालिका–१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए ।“हामीले छुट्टै कानून बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराएका छौँ, कानूनविपरीत काम गर्ने जोकोहीलाई कारबाही हुन्छ”, उनले बताए ।

ती पालिकाले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्र संरक्षण गर्न जिम्मा दिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व ९३५ मिटर क्युबिक किमी र जलाधारको क्षेत्रफल ८५० क्युबिक किमी छ ।

 


Thali Mobile Pvt.Ltd.