भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

वडाध्यक्ष घागामगरको निधन

वडाध्यक्ष घागामगरको निधन

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उहाँको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो ।घागामगरलाई यही वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उहाँलाई अस्पतालबाट गए राति घर ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिनुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा घागामगर कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०३३ देखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहनुभएको थियो ।

घागामगर गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि हुनुहुन्थ्यो । कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार मुटु र फोक्सोको रोगबाट पीडित घागामगरलाई विराटनगरमा उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । उहाँ २०२२ देखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । घागामगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले पार्टीलाई मात्र नभइ जिल्लालाई क्षति पुगेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताउनुभयो । उहाँको आजै दाहसंस्कार गरिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.