भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

वन्यजन्तुका आखेटोपहारसहित पक्राउ

वन्यजन्तुका आखेटोपहारसहित पक्राउ

काठमाडौँ । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले यहाँस्थित रातमाटेबाट उनलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । उहाँका अनुसार लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ ।

उनलाई आवश्यक कानूनी कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । कसुर प्रमाणित भए उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुनेछ ।

लागुऔषधसहित पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट लागुऔषध गाँजासहित आज बिहान एक व्यक्तिलाई पक्राउ गरिएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४४७ नम्बरको बसमा जाँच गर्ने क्रममा बसमा सवार सञ्जय लामालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफू बसेको सिटमुनि झोलाभित्र प्लाष्टिकमा लुकाएर ल्याएको अवस्थामा चार किलो गाँजा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.