भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

वन्यजन्तुको सुरक्षाका लागि बङ्गलादेशमा एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

वन्यजन्तुको सुरक्षाका लागि बङ्गलादेशमा एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

काठमाण्डौ । बङ्गलादेशले वन्यजन्तुको सुरक्षाका लागि ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथानलाई पनि समावेश गरिएको छ । बङ्गलादेशमा तीन दशक अघि नै वन्यजन्तुको सिकार गर्न रोकिएको थियो । तर पछिल्ला वर्ष चरा तथा अन्य जनावर सिकार गर्ने क्रम बढेपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको हो । खतराको सूचीमा परेका चराहरू ढाकाको सडकमा खुलेआम बेच्ने गरेको पाइन्छ ।

वन्यजन्तु र जङ्गली चरा सिकारीविरुद्धको अभियान नै घोषणा गरेको वन विभागका प्रमुख मोला रेजाउल करीमले बताउनुभएको छ । लोपोन्मुख वन्यजन्तु संरक्षणमा बङ्गलादेशको यो प्रयास ‘कोशेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ । बङ्गलादेशमा सात सयभन्दा धेरै प्रजातिका जङ्गली चराहरू भेटिन्छन् । तर सिकार, जलवायु परिवर्तन र घट्दो जङ्गलका कारण सुरक्षित आवासको ह्रास हुँदै जाँदा उनीहरूको अस्तित्व सङ्कटमा परेको छ । एअर राइफल स्थानीय चराहरूको सुरक्षाका लागि सबैभन्दा बढी जोखिम बनेको चरा विशेषज्ञ शरिफ खानले बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.