भर्खरै : Sorry, your browser does not support inline SVG.
सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान |

वन्यजन्तुको सुरक्षाका लागि बङ्गलादेशमा एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

वन्यजन्तुको सुरक्षाका लागि बङ्गलादेशमा एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

काठमाण्डौ । बङ्गलादेशले वन्यजन्तुको सुरक्षाका लागि ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथानलाई पनि समावेश गरिएको छ । बङ्गलादेशमा तीन दशक अघि नै वन्यजन्तुको सिकार गर्न रोकिएको थियो । तर पछिल्ला वर्ष चरा तथा अन्य जनावर सिकार गर्ने क्रम बढेपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको हो । खतराको सूचीमा परेका चराहरू ढाकाको सडकमा खुलेआम बेच्ने गरेको पाइन्छ ।

वन्यजन्तु र जङ्गली चरा सिकारीविरुद्धको अभियान नै घोषणा गरेको वन विभागका प्रमुख मोला रेजाउल करीमले बताउनुभएको छ । लोपोन्मुख वन्यजन्तु संरक्षणमा बङ्गलादेशको यो प्रयास ‘कोशेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ । बङ्गलादेशमा सात सयभन्दा धेरै प्रजातिका जङ्गली चराहरू भेटिन्छन् । तर सिकार, जलवायु परिवर्तन र घट्दो जङ्गलका कारण सुरक्षित आवासको ह्रास हुँदै जाँदा उनीहरूको अस्तित्व सङ्कटमा परेको छ । एअर राइफल स्थानीय चराहरूको सुरक्षाका लागि सबैभन्दा बढी जोखिम बनेको चरा विशेषज्ञ शरिफ खानले बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.